अमेरिकी सहायक विदेशमन्त्री लुले गरे खोप वितरण केन्द्रको अवलोकन

२ मंसिर, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अमेरिकी अनुदानमा प्राप्त फाइजर खोप वितरण केन्द्रको अवलोकन गरेका छन् ।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँगै आज त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।

frontline

अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई कोभिड–१९ विरुद्धको १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन र एक लाख ६२० डोज फाइजर खोप उपलब्ध गराएको थियो ।

नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षगाँठ नजिकिँदै गर्दा दुईदिने भ्रमणका लागि बुधबार नेपाल आएका लुले आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तामा दुई देशको पारस्परिक हितलगायत विषयमा कुराकानी हुने बताइएको छ ।

यस्तै, लुले काठमाडौंमा रहँदा यहाँका वरिष्ठ अधिकारीहरू र नागरिक अगुवाहरूसँग कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरणलगायत विषयमा छलफल गर्नेछन् ।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केल्ली किडरलिङ पनि आज काठमाडौं आउने अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here