अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडे

५ असार, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेको भिडियो सार्वजनिक भएको छ । उनी आफ्नो घर रहेको अमेरिकाको लावेयर राज्यमा पर्ने समुद्र तट नजिकै साइकलबाट लडेका हुन् ।

उनी साइकलबाट लड्दा कुनै ठूलो चोट भने नलागेको बताइएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको टिमले नै वाइडेन लडेको भिडियो पोष्ट गरेको छ ।

frontline

भिडियोमा वाइडेन लड्ने वित्तिकै उठेका छन् । उठ्ने वित्तिकै उनले आफू ठिक भएको प्रतिक्रिया दिन्छन् ।

साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले सन्तुलन गुमाएको राष्ट्रपति वाइडेनले बताएका छन् ।

७९ वर्षीय वाइडेन प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका बेला लडेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here