अमेरिकी भन्सार वृद्धिको निर्णयले खोल्यो नयाँ रेलमार्ग, चिनियाँ कन्टेनर सोझै युरोप

युरोप र पश्चिम एशियाली मुलुकमा चिनियाँ सामानको माग बढेपछि चीनबाट सोझै रेलमार्ग प्रयोगका लागि अनेक विकल्प अघि सारिएका छन् । यसअघि चीन–इरान मार्गमा कन्टेनर सामान चालु आर्थिक वर्षको पहिलो तीन महिना २.६ गुणाले बढेको छ ।

यसले युरोप,मध्य एशिया र पश्चिम एशियामा चीनबाट सोझै रेल सेवाको सम्भावनालाई बढाएको छ । चीनलगायत कजाकस्तान,इरान, उज्वेकिस्तान,तुर्कमेनिस्तान र टर्किले यसबारे इरानको राजधानी तेहरानमा गहन छलफल गरेका छन् । छलफलमा चीन–इरान रेलको वर्तमान ट्राफिकसँगै आगामी दिनमा टर्की हुँदै युरोपसम्म भावी रेलमार्ग सञ्चालन गर्ने सम्बन्धमा कुराकानी भएको बताइएको छ । 

frontline

छ वटा मुलुकले यससम्बन्धी एउटा सम्झौतामा हस्ताक्षर गरेका छन् । कजाकस्तान र चीनले पहिलेदेखि नै इरान हुँदै युरोपमा रेलबाट सामान पठाइरहेका छन् । गत मार्चमा चाइना रेलवेले युरोपमा टेलिभिजनका पार्टसहरू राखिएकोे कन्टेनर सेवा टर्की हुँदै पठाएको थियो । 

रुस र बेलारुस हुँदै परम्परागत रेलमार्गबाट सामान पठाउने कार्य यद्यपि छँदैछ । तर,यो मार्गबाट ५२ देखि ६० दिन लाग्ने अवधि अब नयाँ मार्गबाट कम्तीमा ३० दिनमा सीमित हुने अपेक्षा गरिएको छ । अमेरिकाको पैठारी सम्बन्धी अप्रत्यासित महशुल बृध्दिका कारण विश्वका विभिन्न मुलुकले व्यापारमा नयाँ मार्ग, लनयाँ साधन र नयाँ उपाय अवलम्बन गर्न थालेका छन्  । अब चिनियाँ सामान युरोप, टर्कीलगायतका मुलुकमा सस्तोमा उपलब्ध हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here