अमेरिकाले ताइवानलाई साठे सात लाख कोरोनाको खोप दिने

काठमाडौं । अमेरिकाले ताइवानलाई साठे सात लाख कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिने भएको छ ।

विश्वव्यापीरुपमा खोप वितरणको योजनाअनुसार अमेरिकाले ताइवानलाई उक्र खोप दिन लागिएको हो ।

frontline

यसअघि ताइवानले आफूलाई चीनले खोप पाउनबाट रोकिरहेको बताउँदै आएको अवस्थामाअमेरिकाले यस्तो निर्णय गरेको हो ।

अमेरिकी सिनेटर ट्यामी डकवर्थसहित अन्य दुई अमेरिकी अधिकारी पनि ताइवान आएका छन् ।

‘हामी यहाँ मित्रको रुपमा आएका हौं ।

किनकी हामीलाई थाहा छ कि ताइवान अहिले चुनौतीपूर्ण समयको सामना गरिरहेको छ ।

त्यसैले द्विपक्षीयरुपमा हामी तीनजना यहाँ उपस्थित हुनु निकै महत्वपूर्ण छ’, डकवर्थले भनिन् ।

उनले ताइवानलाई तत्कालै कोरोना खोपको आवश्यकता रहेको र अमेरिकालाई पनि ताइवानसँगको मित्रता मूल्यवान् रहेकाले खोप दिने निर्णय गरिएको बताइन् ।

अहिले घोषणा गरिएअनुसारको खोप ताइवानले कहिले पाउँछ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।

ताइवानका विदेशमन्त्री जोसेप वुले अमेरिकालाई खोप अनुदानको लागि धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here