अमेरिकामा ४४ लाख मानिसले रोजगारी छाडे

२७ कार्तिक, अमेरिका । अमेरिकामा गत सेप्टेम्बर महिनामा ४४ लाख मानिसले रोजगारी छाडेका छन्।

शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्यांकअनुसार गत महिनामा अमेरिकामा रोजगारी छाड्नका लागि तीन प्रतिशत कर्मचारीले आवेदन बुझाएका छन्। 

frontline

गत अक्टोबरमा अमेरिकामा १ करोड ४ लाख जनाको काम खाली थियो। सेप्टेम्बरमा यी काममा मानिसहरु आउने र यो संख्या घट्दै जाने अपेक्षा थियो। तर सेप्टेम्बरमा आफ्नो काम छाड्नेको संख्या झन् बढेको हो।

राम्रो सेवा सुविधाको लागि अर्को रोजगारी खोज्ने, आफ्नै व्यवसाय सुरु गर्ने वा अन्य घरासयी समस्याको कारण अमेरिकामा रोजगारी छाड्नेको संख्या बढेको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन्। 

पछिल्लो केही महिनायता अमेरिकामा जागिर छाड्नेको संख्या बढिरहेको छ। फलस्वरुप उनीहरुको सेवासुविधा पनि बढिरहेको छ।

त्यस्तै किशोरकिशोरीहरुलाई काम पाउन पनि सहज भएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here