अमेरिकामा हरेक हप्ता ४८ हजार बालबालिकामा कोरोना सङ्क्रमण

१४ पुस, वासिङटन डिसी । संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकामा कोरोना सङ्क्रमण देखिन्छ ।

पछिल्ला केही हप्तामा संक्रमण वृद्धि भइरहेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिए। उनीहरुका अनुसार पछिल्ला हप्ताहरुमा अमेरिकामा बालबालिकामा कोभिडको सङ्क्रमण बढेको छ।

frontline

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरुको सङ्गठनले बुधबार यस्तो तथ्याङ्क दिएका हुन् ।यहाँ कोभिड सङ्क्रमण सुरु भएदेखि एक लाख ५२ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको पनि ती संस्थाले जानकारी दिएका छन् ।

ती तथ्याङ्कमा गएका चार हप्तामा मात्र एक लाख ६५ हजार बालबालिका थपिएका हुन् । अमेरिकाका कतिपय राज्यमा अहिले चिसोले निकै सताएको छ । त्यहाँ चिसोका कारण कैयौँ मानिसको ज्यान पनि गएको छ ।

यस अवस्थामा यहाँ पछिल्ला हप्ताहरुमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले उमेर समूहका आधारमा कोभिड सङ्क्रमितहरुको तथ्याङ्क तयार गरेर विश्लेषण गर्नुपर्ने अवस्था आएको पनि बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here