अमेरिकामा संक्रमण भई अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढ्यो
आइतबार, एजेन्सी । अमेरिकामा कोरोना संक्रमण भई अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढेको छ ।
समाचार संस्था रोयटर्सका अनुसार कोरोना भाइरस सक्रमण भएर अस्पताल भर्ना हुनेमा १२ वर्ष मुनिका बालबालिका रहेका छन् ।
अमेरिकाभरि अहिले झन्डै २ हजार बालबालिका कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका छन् ।
बालबालिकाका लागि खोप नभएको र निकै संक्रामक डेल्टा भेरियन्टको संक्रमणको कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढेको पाइएको हो ।
बालबालिकासँगै संक्रमित भएर अस्पताल भर्ना हुने युवाहरूको संख्या पनि अमेरिकामा बढेको छ ।
प्रतिक्रिया दिनुहोस्