अमेरिकाको एट्लान्टामा आक्रमण, ६ एसियाली महिला सहित आठ जनाको मृत्यु

फ्रन्टलाइन, विश्व परिवेश । अमेरिकाको जर्जिया राज्यको तीन स्थानमा गोली प्रहार भएको छ । मंगलबार भएको उक्त गोली प्रहारको घटनामा ६ एसियाली महिलासहित आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार एट्लान्टाको उत्तरतर्फ रहेको एक मसाज पार्लरमा चार जनाको मृत्यु भएको हो भने एटलान्टाको दुईवटा स्पामा थप चार जनाको मृत्यु भएको हो । ज्यान गुमाउनेमध्ये चार जना कोरियाली नागरिक रहेको दक्षिण कोरियाले पुष्टि गरेको छ । अधिकारीहरुले तीनवटै घटनामा संलग्न रहेको आशङ्कामा एक २१ वर्षीय पुरुषलाई पक्राउ गरेको बताएका छन् ।

मङ्गलवार भएको यस घटनाको कारणबारे बताइएको छैन । पछिल्ला दिनमा एसियाली मूलका मानिसले कोरोना भाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एसियाली मूलका मानिसप्रति अपराध बढेको छ । गएको हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले एसियाली अमेरिकीप्रति भएको आक्रमण, दुव्र्यवहारको खण्डन गरेका थिए ।
अमेरिकी समयअनुसार साँझ ५ बजे योङ् एसियन मसाज पार्लरमा भएको बताइएको छ । प्रहरी कार्यालयका प्रवक्ता क्याप्टेन जे बेकरले घटनास्थलमा दुई जनाको ज्यान गएको र तीन जनालाई अस्पताल लगिएकोमा दुई जनाको त्यहाँ ज्यान गएको हो । त्यहाँ ज्यान गुमाएकामध्ये दुई एसियाली महिला, एक श्वेत पुरुष र एक श्वेत महिला रहेको बताइएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here