अमेरिका र चीनबीच व्यापार सम्झौता

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.

  • अमेरिका र चीनबीच दुई दिनको वार्तापछि व्यापार सम्झौता भएको छ। यस सम्झौताले दुबै देशका अधिकारीहरुमा खुशी र उत्साह ल्याएको छ।
  • अमेरिकाका सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले यस सम्झौताबाट महत्वपूर्ण प्रगति भएको बताएका छन् र विस्तृत विवरण पछि सार्वजनिक गरिने बताएका छन्।
  • दुई देशबीच व्यापार युद्धको अवस्थामा रहेको बेला यस सम्झौता उपलब्धिमूलक मानिएको छ र यसले व्यापार सम्बन्ध सुधार गर्ने आशा गरिएको छ।

२९ वैशाख, काठमाडौं । अमेरिकी र चीनबीच व्यापार सम्झौता भएको छ । जेनेभामा दुई दिन भएको वार्तापछि व्यापार सम्झौता भएको हो ।

frontline

यो सम्झौतापछि अमेरिकी अधिकारीहरुले महत्वपूर्ण उपलब्ध हासिल भएको झन्दै खुसी व्यक्त गरेका छन् । अमेरिकाको सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले भनेका छन्, ‘मलाई यो जानकारी दिँदै खुसी लागिरहेको छ कि अमेरिका र चीनले व्यापार सम्झौतमा महत्वपूर्ण प्रगति हासिल गरेका छन् ।’

यो सम्झौताको जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि गराइसकिएको पनि उनले बताए । सम्झौताको विस्तृत विवरण पछि सार्वजनिक गरिने पनि उनले बताए ।

अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले दुई दिनको वार्ता रचनात्मक भएको र निकै छिटो सहमतिको बिन्दुमा पुगेको बताए । ‘यसले हामीबीच त्यति ठूलो मतभेद थिएन जति ठूलो सोच थियो भन्ने देखाउँछ,’ उनले भनेका छन् ।

बेलाबेला अतिरिक्त शुल्क र कर लगाएर व्यापार युद्धको अवस्थामा पुगेका दुई देशका अधिकारीहरुबीच व्यापार सम्झौता हुनुलाई उपलब्धिमूलक मानिएको छ ।

हालै राष्ट्रपति ट्रम्पले अमेरिकाको व्यापार घाटा १२ सय अर्ब डलर पुगेको भन्दै ट्यारिफ लगाउने घोषणा गरेका थिए । राजदूत जेमिसनले चीनसँग भएको यो सम्झौताले व्यापार घाटा समाधानतर्फ अगाडि बढ्न सघाउने विश्वास व्यक्त गरे ।

वार्तामा चीनका उपप्रधानमन्त्री, दुई उपमन्त्रीहरू तथा अमेरिकाको तर्फबाट वित्त सचिव स्कट बेसेन्ट र राजदूत जेमिसन ग्रिर सहभागी थिए ।

अमेरिका चीन सम्बन्ध व्यापार सम्झौता

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here