अभिनेता इमरान खानलाई भारत छाड्न आदेश
काठमाडौं : बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई ‘फरेनर्स एक्ट’ (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो।
यो मामला अक्टोबर १० मा बाहिर आएको थियो। मुम्बईस्थित प्रसिद्ध अगस्ट क्रान्ति मैदानमा आयोजित विरोध प्रदर्शनमा अभिनेता इमरान खान पनि सहभागी भएका थिए। सोही क्रममा मुम्बई प्रहरीले उनलाई केही समयका लागि नियन्त्रणमा समेत लिएको थियो।
उक्त प्रदर्शनपछि भारतीय जनता पार्टी (भाजपा) का नेता किरीट सोमैयाले इमरान खान अमेरिकी नागरिक भएको र ओभरसिज सिटीजन अफ इन्डिया कार्डधारक भए तापनि विदेशी नागरिकले भारतको राजनीतिक प्रदर्शनमा भाग लिन नपाउने नियम उलंघन गरेको दाबी गरे। सोही विषयलाई लिएर नेता सोमैयाले गामदेवी प्रहरी चौकीमा औपचारिक उजुरी दर्ता गराएका थिए।
गामदेवी प्रहरी चौकीमा परेको उजुरीलाई थप अनुसन्धान र कारबाहीका लागि अध्यागमन हेर्ने फरेनर्स रिजनल रजिष्ट्रेशन अफिस मा पठाइएको थियो।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार एफआरआरओले जारी गरेको नोटिसमा इमरान खान अमेरिकी नागरिक भएको उल्लेख गर्दै उनले ‘इमिग्रेशन एन्ड फरेनर्स एक्ट’ को धारा ७ र २९ को उलंघन गरेको ठहर गरिएको छ। सोही आधारमा उनलाई अक्टोबर २८ सम्ममा भारत छाड्न औपचारिक निर्देशन दिइएको






प्रतिक्रिया दिनुहोस्