अबको चुनावमा मोर्चा बनाएर ओलीलाई पत्रकार महासंघमा जस्तै चौथो स्थानमा झार्नुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी चुनावमा दलहरूसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका छन्।

माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

frontline

यस्तै, कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा सुरू हुने दाबी पनि उनले गरे।

‘देशैभरि ओलीलाई चौथो नम्बरमा पुर्‍याइएको छ। तपाईं हेर्नुहोला चौथो नम्बरमा पुर्‍याइएको छ। आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत गर्‍यौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो,’ उनले भने। 

अध्यक्ष प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबी समेत गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here