अब लकडाउन हुँदैन, सिमाना पनि बन्द गर्दैनौँ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने बताएका छन्। पहिलो लकडाउन गरेको दिन एक वर्ष पुगेका बेला कोरोना संक्रमण फेरि पनि बढ्न थाल्दा उनले यसो भनेका हुन्। 

कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्न स्वास्थ्य मापदण्डलाई कडाइसाथ पालना गराउने बताएका उनले लकडाउन र सिमानाका अब बन्द नगरिने स्पष्टीकरण दिएका छन्। 

frontline

‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ, त्यसबाट हामी जोगिनु पर्नेछ । अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ’, उनले भने, ‘त्यसकारण हामी आर्थिक, सामाजिक क्रियाकलाप सुचारु र नियमित गर्छौं, स्वास्थ्य मापदण्ड ख्याल गरेर अघि बढ्छौँ । अहिले सरकारले सिमानाका बन्द र लकडाउनबारे सोचेको छैन, त्यो उपयुक्त पनि हुँदैन ।’

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताएका छन् । सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको बताउँदै उनले बजेटको तयारी पनि शुरु भइसकेको जानकारी दिएका छन्। 

‘हामी बजेटको तयारीमा जुटेका छौं । सिद्धान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आइपुगेको छ, सँगसँगै बजेटको तयारीमा जुटिरहेका छौं’, उनले भने, ‘समग्रमा पछि बताउँला, उपयुक्त समयमा चर्चा गरौंला । मुख्य रुपमा हामी कोभिडपछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना जस्ता विषयमा बढ्ता केन्द्रित हुन्छौं । अर्थतन्त्रलाई लयमा फर्काएर गतिशील बनाउन गर्नुपर्ने निर्णयहरुसहित बजेट ल्याउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here