अफगानिस्तानमा भारी हिमपातका कारण सात जनाको मृत्यु

फाइल तस्बिर

२१ पुस, काबुल । अफगानिस्तानको उत्तरी प्रान्तमा भारी हिमपातका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ।

उत्तरी प्रान्त जज्जानमा सोमबार भारी हिमपात हुँदा कम्तीमा सात जनाको मृत्यु भएको हो।

frontline

स्थानिय मिडियामा मंगलबार प्रकाशित समाचारअनुसार सो क्षेत्रमा भारी हिमपात हुँदा कम्तीमा सात जनाले ज्यान गुमाएका छन् भने अन्य ११ मानिस घाइते भएका छन्।

हिमपातपछि सो क्षेत्रको यातायात अबरुद्ध बनेको सिन्ह्वा न्युजले जनाएको छ। अफगानिस्तानको नाङगरहर प्रान्त, हेरात प्रान्तका विभिन्न स्थानमा हिमपात भइरहेको बताइएको छ।

हिमपातसँगै सो क्षेत्रमा अत्याधिक चिसो बढेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here