अफगानिस्तानमा जोखिममा रहेका २० हजार बढी मानिसलाई क्यानडाले आश्रय दिने

शनिबार, काबुल । अफगानिस्तानमा जीवन जोखिममा रहेका २० हजार भन्दा बढी मानिसलाई क्यानडाले आश्रय दिने भएको छ । अफगानिस्तानमा दिनहुँ संकट बढिरहँदा क्यानडाले यस्तो घोषणा गरेको हो ।

तालिबान लडाकूका कारण अफगानिस्तानमा बस्न नसकेका महिला नेत्रीहरु सहित मानवअधिकारकर्मी र पत्रकारहरुलाई क्यानडाले आश्रय दिने शुक्रबार घोषणा गरेको हो ।

frontline

दोभाषे, दूतावासमा कार्यरत कर्मचारी लगायत अफगानिस्तानमा रहेर यसअघि अफगान सरकारका लागि काम गर्नेहरुलाई क्यानेडियन सरकारले प्राथमिकतामा राखेको बताइएको छ ।

क्यानेडियन सरकारका अधिकारीहरुका अनुसार तालिबानले अफगानिस्तानका विभिन्न स्थान कब्जामा लिने क्रम जारी रहँदा अफगानिस्तानका अरु मानिसहरुको पनि जीवन खतरामा पर्ने क्रम बढेको छ ।

क्यानेडियन सरकारको यसपटकको योजनामा विशेषगरी जोखिममा परेका मानिसहरु जस्तै महिला नेत्री, मानव अधिकारकर्मी, रिपोर्टर, धार्मिक अल्पसंख्यक र लैंगिक अल्पसंख्यकहरु परेको त्यहाँका अधिकारीले बताएका छन् ।

तालिबान लडाकूले पछिल्लो समय अफगानिस्तानका ठूला सहरहरु कब्जा गरिसकेको जनाएको छ । यस्तै राजधानी काबुल पनि केही महिनाभित्रै कब्जा गरिसक्ने अन्तर्राष्ट्रिय मिडियाले आंकलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here