अफगानिस्तानमा घरको छाना खस्दा ४ जनाको मृत्यु, १८ जना घाइते

१८ माघ, काबुल । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा घरको छाना खस्दा ४ जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीले मङ्गलबार जानकारी दिएका छन्।

चरकेन्ट जिल्लाको पहाडी कोरिक गाउँमा सोमबार अबेर राति भएको दुर्घटनामा २ बालबालिकासहित एकै परिवारका ४ जनाको मृत्यु भएको थियो भने महिला तथा बालबालिकासहित १८ जना घाइते भएका थिए।

frontline

यस्तै घटनामा पूर्वी कुनार प्रान्तको शिगल जिल्लामा आइतबार भारी हिमपातका कारण घरको छत भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ।

सो दुर्घटनामा पीडितका आमाबाबु सहित छ जना घाइते भएको पनि प्रान्तीय सरकारी अधिकारी  सानुल्लाह एहसानले उल्लेख गरेका छन्।

युद्धग्रस्त अफगानिस्तानको ग्रामीण क्षेत्रमा प्रायः घरहरू  माटोले बनेका हुन्छन् जुन भारी हिमपात,  अविरल वर्षात् र अन्य यस्तै प्राकृतिक प्रकोपहरूको जोखिममा पर्ने गर्छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here