अफगानिस्तानमा अलपत्र परेका ३२ नेपालीको उद्दार

श्रोत : ईन्टरनेट

१३ कार्तिक, काठमाडौं : सरकारले अफगानिस्तानमा अलपत्र परेका ३२ जना नेपालीलाई उद्दार गरेको छ।

उनीहरू शनिबार बिहान कतार हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको अध्यागमनका अधिकारीले जानकारी दिए।

frontline

भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको प्रयासमा उनीहरूको उद्दार भएको हो। 

योसँगै अब नेपालीहरू अफगानिस्तानमा अलपत्र नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूलाई इरान हुँदै शुक्रबार साँझ कतार पुर्‍याइएको थियो। कतारबाट शनिबार बिहान नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौं उनीहरूलाई ल्याइएको हो।

अफगानिस्तानमा तालिबानले अगस्ट १५ मा त्यहाँको सत्ता कब्जा गरेपछि अधिकांश देशका नागरिकहरु स्वदेश फर्किएका छन् ।

कतिपय देशले तालिबान समूह काबुल प्रवेश गरेपछि नै आफ्ना नागरिकलाई आपतकालीन रुपमा स्वदेश फिर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here