अफगानिस्तानका पूर्व उप-राष्ट्रपतिका भाइ अजिजीको तालिबानद्वारा हत्या
अफगानिस्तान । अफगानिस्तानका पूर्व उप-राष्ट्रपति अमरूल्लाह सालेहका भाइ रोहुल्ला अजिजीको तालिबानले हत्या गरेको सालेहको परिवारले आरोप लगाएको छ।
सालेहका भतिजले समाचार एजेन्सी रोयटर्सलाई एउटा सन्देश पठाउँदै त्यस्तो जानकारी दिएका हुन्।
सन्देशमा उनले लेखेका छन्- ‘उनीहरूने आज उहाँको हत्या गरिदीए। हामीले उहाँको अन्तिम संस्कार गर्नका लागि शव माग्दा उनीहरू भन्छन्- उनको शव सड्नुपर्छ।’
तालिबान सूचना सेवाको उर्दू भाषामा जारी गरिएको विज्ञप्ति अनुसार पंजशीरमा हमलामा रोहुल्ला सालेहको मृत्यु भयो।
प्रतिक्रिया दिनुहोस्