अफगान गुप्तचरले ३ हजार लिटर रक्सी नहरमा खन्याए

१९ पुस, काबुल  । अफगान गुप्तचरको समूहले करिब ३ हजार लिटर रक्सी नहरमा खन्याएका छन् ।

तालिवान सरकारका अधिकारीले रक्सी बिक्रीमा कडाइ गरेपछि गुप्तचरहरुले काबुलको नहरमा सो मात्रामा रक्सी खन्याएका हुन् ।

frontline

अफगानिस्तानको गुप्तचर महानिर्देशनालयद्धारा ट्विटरमार्फत जारी भिडियो फुटेजमा गुप्तचरहरुले नहरमा रक्सी खन्याइरहेको देखाइएको छ ।

काबुलमा छापा मारेपछि कब्जामा लिइएको रक्सी नहरमा खन्याइएको महानिर्देशनालयले जानकारी दिएको छ ।

‘मुस्लिमहरुले मदिरा उत्पादन र वितरणलाई गम्भीरतापूर्वक लिनुपर्छ । मदिरा मुस्लिम धर्मविपरित भएकोले हामीले मदिरालाई बहिष्कार गर्नुपर्छ’ ट्विटरमार्फत एक धार्मिक स्कोलरले भनेका छन् ।

यद्यपि, अफगान गुप्तचरले छापा मारेको र मदिरा खन्याएको वास्तविक मितिबारे भने स्पष्ट नभएको बताइएको छ ।

तालिवान शासनअघि पनि अफगानिस्तानमा मदिरा सेवन र बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो ।

यद्यपि, पछिल्लो समय अफगानिस्तानमा लागूऔषध प्रयोगकर्ताको संख्या भने बढेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here