अपाङ्गता भएकालाई सम्मानपूर्वक जिउन सक्ने बनाउछौं : गृहमन्त्री खाँण

फाइल तस्बिर

७ साउन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अपाङ्गता भएकालाई सम्मानपूर्वक जिउन सक्ने बनाउने बताएका छन् ।

शनिबार राष्ट्रिय अपांग कोषलाई विपद्मा प्रयोग हुने सवारी साधनलगायतका सामग्री हस्तान्तरण गर्दै उनले अपांगता भएकाहरुलाई सरकारले मासिक जीवनवृत्ति दिन थालेको बताए ।

frontline

‘अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने ठूलो कुरा हो । पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृत्तिका लागि सानो भए पनि मासिक केही रकम दिने निर्णय गरेको छ । त्यो अपुग होला तर हाम्रो बजेट अनुसारको छ’ उनले भने ।

गृहमन्त्री खाँणले नेपालमा आधुनिक भवनहरु नै अपाङ्गमैत्री हुन नसकेको भन्दै सरकारी भवन भने विस्तारै अपांगमैत्री हुन थालेको बताए ।

उनले भने, ‘अहिले नेपाल सरकारको सबै कार्यालयहरुमा अपाङ्गमैत्री भवन बनोस् भन्ने हामीले निर्देशन दिइसकेका छौँ ।

हाम्रो आधुनिक कार्यालय पनि अपाङ्गमैत्री छैन । सार्वजनिक स्थलमा अपाङ्गमैत्री शौचालयको पनि खाँचो छ ।’

मन्त्री खाँणले राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागी भएको घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here