अपांग किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

६ माघ, विराटनगर ।  शारीरिक रूपमा अपांगता भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुनवर्षीबाट एक जनालाई पक्राउ गरेको छ।

सुनवर्षी नगरपालिका–७ का २२ वर्षीय सुरेन्द्र ऋषिदेवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए। 

frontline

उनका अनुसार राम्ररी हिँडडुल गर्न र बोल्नसमेत नसक्ने १७ वर्षीया किशोरीमाथि बुधबार साँझ ५:३० बजेतिर ऋषिदेवले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

किशोरी आफ्नै घरमा बलात्कृत भएको प्रहरीले जनाएको छ। परिवारका सदस्य कोही पनि नभएको मौका छोपेर घरमा पुगेका ऋषिदेवले किशोरीलाई भान्सा कोठामा लगेर बलात्कार गरेको पाइएको डीएसपी मुकारुङको भनाइ छ।

उनका अनुसार शारीरिक अपांगता रहेकी किशोरी राम्ररी हिँडडुल गर्न र बोल्न सक्दिनन्। 

किशोरीमाथि जबरजस्ती गरिरहेको स्थानीयले देखेपछि गाउँमा होहल्ला भएको थियो। होहल्ला हुन थालेपछि घटनामा संलग्न फरार बनेका थिए।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले भाग्दै गरेको अवस्थामा ऋषिदेवलाई पक्राउ गरेको हो। 

उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा चलाउने तयारी गरेको छ। बलात्कारबाट पीडित बनेकी किशोरीको अवस्था सामान्य रहेको जानकारी प्रहरीले दिएको छ। पीडितको स्वास्थ्य परीक्षण विराटनगरमा गराइने भएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here