अन्तिम धक्का- द्रोण गौतम-सचिव पदका उम्मेदवारएनआरएनए अमेरिका

अन्तिम धक्काको लागि विशेष अनुरोध । सम्पूर्ण एनआरएनज्यूहरु नमस्कार । यहाँहरुलाई अवगत नै छ, हामी यतिबेला एनआरएनए अमेरिकाको निर्वाचनको संघारमा आएका छौं । यही शनिवार र आइतवार यहाँहरु सबैको ईमेलमा भोटिङ्ग निर्देशन सहितको इमेल आउनेछ । यहाँहरुको सही क्लिकले नै एनआरएनएको आगामी यात्रा तय गर्नेछ । करिब दुई महिना भन्दा धेरै समयदेखि तपाईहरुसंग प्रत्यक्ष भेटेरे वा विभिन्न माध्यमबाट मैले यहाँहरुलाई सचिव पदमा उम्मेदवारी दिएको विनम्रतापूर्वक जानकारी गराएकै छु । यस चुनावलाई हार जितको भन्दा पनि सबल एनआरएनए बनाउने वा यथास्थिति मै राख्ने भन्ने बिचको लडाईं भएकोले तपाईं र तपाईंका सबै आफन्तलाई अन्तिम धक्का स्वरुप एक पटक यहाँको साथको अपेक्षा राखेको छु । समाज भाँड्न होइन, जोड्नका लागि मेरो उम्मेदवारी भएकाले अमेरिकाभरबाट आएको हौसलाले निकै उत्साहित छु। तर पनि अबको समय भनेको तपाईं हामी सबै जुटेर रिजल्ट निकाल्ने समय आएको छ । आउनुहोस् हातमा हात मिलाऔं, आफु अनि आफन्त सबैलाई एकै साथ सकृय भएर अन्तिम धक्का दिउँ। विशेष धन्यवाद सहित।

द्रोण गौतमसचिव पदका उम्मेदवारएनआरएनए अमेरिका

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here