अनुगमन टोलीद्वारा नुवाकोटका चार क्रसरमा ताला

२५ पुस, नुवाकोट । सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको नेतृत्वमा सोमबार गएको अनुगमन टोलीले चारवटा क्रसरमा ताला लगाएको छ। 

उनका अनुसार कानूनविपरीत सञ्चालनमा रहेको भेटिएपछि लिखु गाउँपालिकाको दुई, पञ्चकन्या र तादी गाउँपालिकाका एकेक गरी चारवटा क्रसरमा ताला लगाइएको हो।

frontline

अनुगमन टोलीले लिखु गाउँपालिका-१ स्थित सुर्यकुण्ड रोडा ढुंगा उद्योग प्रालि, लिखु-४ स्थित क्षेत्रपाल क्रसर प्रालि, तादी गाउँपालिका-३ स्थित दुप्चेश्वर क्रसर उद्योग र पञ्चकन्या गाउँपालिका-२ नेसनल लाईन एण्ड स्टोन प्रालिमा ताला लगाएको हो। 

यसका साथै टोलीले लिखु-४ को मृत सन्जिवनी क्रसर र पञ्चकन्या गाउँपालिका-२ मा रहेको नाट्येश्वरी रोडा ढुंगा उद्योग प्रालिलाई सचेत गराएको छ। 

अनुगमन टोलीले ताला लगाएका क्रसरहरुलाई सात दिनभित्र आधिकारिक पत्रसहित विवरण खुलाई पेश गर्न निर्देशनसमेत दिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here