अनिश्चितकालीन विद्यालय बन्द स्वर्गद्वारी नगरपालिका

बुधवार बसेको स्थानीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका   गर्न प्युठानको स्वर्गद्वारी नगरपालिकाले कोभिड संक्रमणको दोश्रो लहर बढिरहेको भन्दै विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत बमबहादुरकेसीका अनुसार अर्को सूचना नभएसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय भएको छ । पालिका भित्रका बैंक तथा वित्तीय संस्था, व्यापारिक पसलहरु, होटल लगायत सर्वसाधारण जमघट हुने स्थानहरु भने एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

frontline

स्वास्थ्य संस्थाहरुबाट एन्टीजिन परीक्षण गर्दा अत्याधिक पोजेटिभ देखिएकाले स्वास्थ्य संस्था निःसंक्रमण गर्न अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु वैशाख ९ र १० गते दुई दिन बन्द गर्ने निर्णय पनि भएको केसीले जानकारी दिए ।

तरकारी, फलफूल, दूधजन्य पसल तथा अत्यावश्यक सेवा प्रवाहका क्षेत्रहरु तोकिएको मापदण्ड पूरा गरी सन्चालन हुने छन् ।

प्राथमिक स्वास्थ केन्द्र भिंग्रीमा शंकास्पद १३ जनामा परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले नगरपालिका भित्र ३६ जना सक्रिय कोरोना संक्रमित छन् । स्वर्गद्वारीमा पछिल्लो समय कोरोना संक्रमित २ जनाको व्यक्तिको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नं. ४ जिमुरपाटामा स्थापना भएको कोभिड अस्थायी अस्पताललाई पूर्वाधार तयार गरी सन्चालनका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीका मेडिकल अधिकृत डाक्टर शैलेश पौडेलेको नेतृत्वमा ५ सदस्यीय समिति समेत गठन भएको छ ।

वडा सिएमसी, नागरिक समाजहरु, लगायत जिम्मेवार निकायहरुलाई सचेतनामुलक अभियानमा सहयोग गर्न नगरपालिकाले सूचना जारी गरी अनुरोध समेत गरेको छ ।

नगरपालिकाले अत्यन्त जरुरी कामबाहेक घर बाहिर ननिस्कन, अन्य व्यक्तिको सम्पर्कमा जाँदा मास्क अनिवार्य प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, साबुनपानीले नियमित हात धुन वा स्यानिटाइजर प्रयोग गर्न र संक्रमणको शंका लागेमा अनिवार्य १० दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।

त्यस्तै संघ, प्रदेश र स्थानीय सरकारद्वारा निर्देशित विधिहरुको अनिवार्य पालना गर्न, संयमित र धैर्यताका साथ मनोबल उच्च राख्न, जिम्मेवार बनी बच्न र बचाउन, नियन्त्रण, रोकथाम तथा उपचारमा सक्रिय रहन स्वगद्वारी नगरपालिकाले आग्रह समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here