अनिलकेशरी शाहको राजीनामा रास्वपाबाट स्वीकृत

News Summary
Generated by OK AI. Editorially reviewed.
- रास्वपा को प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले राजीनामा दिएका छन्।
- शाहले नेतृत्व विकासमा योगदान गर्न चाहेका थिए, तर परिस्थिति अनुसार सक्न सकेनन्।
- उनीहरूले पदीय जिम्मेवारी पूरा गर्न नसकेको आरोप लाग्ने गरेको थियो।
११ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रशिक्षण विभाग प्रमुखबाट अनिलकेशरी शाहको राजीनामा स्वीकृत भएको छ ।




शाहले दिएको राजीनामा आइतबार बसेको केन्द्रीय समिति बैठकले स्वीकृत गरेको हो ।
रास्वपा प्रवेश गरेर छोटो समयमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेका पूर्वबैंकर शाह पार्टीको विभागको जिम्मेवारीबाट अलग हुने जानकारी अनलाइनखबरलाई केही दिनअघि दिएका थिए ।
‘पार्टीको नेतृत्व विकासमा योगदान गर्न सकिएला भनेर म प्रशिक्षण विभाग प्रमुख भएको हो,’ शाहले त्यसबेला भनेका थिए,‘तर, परिस्थिति यताउता पर्दा नेतृत्व विकास पार्टीको प्राथमिकतामा पर्न सकेन । त्यही भएर म पार्टीभित्र धेरै सक्रिय हुन सकेको छैन ।’
पार्टीमा रहने तर प्रशिक्षण विभाग प्रमुख छोड्ने बताएका थिए ।
प्रशिक्षण विभाग प्रमुख रहेका उनले पदीय भूमिकाअनुसार जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप समेत लाग्ने गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्