अध्यक्ष नेपाल उपचारपछि घर फिर्ता

काठमाडौँ, १८ असोज (रासस) : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारपछि आज घर फर्किनुभएको छ ।

अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि उहाँ यही असोज १३ गते त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको थियो ।

frontline

उहाँ स्वास्थ्य लाभ गरी कोटेश्वरस्थित निवास फर्किनुभएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीलुकुमारी पन्तले जानकारी दिनुभयो ।

वरिष्ठ छातिरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको चिकित्सक टोलीले अध्यक्ष नेपालको उपचार गरेको थियो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here