अध्यक्ष थापाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सदस्यलाई कारबाही हुने बताए

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले पार्टीको निर्देशन विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रदेशसभा सदस्यलाई कारबाही हुने बताएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन पार्टीले दिएको निर्देशनको उल्लङ्घन गर्ने प्रदेश सांसदहरुलाई कारबाही गर्न तयारी अगाडि बढाइएको उनको भनाइ छ ।

frontline

‘पार्टीको निर्देशन विपरीत अर्को दलको मुख्यमन्त्रीलाई विश्वासको मत दिनु अपराधपूर्ण काम हो ।

यो क्षम्य हुन सक्दैन,’ थापाले भने, ‘ती सबै सांसदलाई कारबाही हुन्छ ।

उहाँहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिनेछ ।’

थापाले विश्वास मत दिने प्रत्यक्ष निर्वाचित र समानुपातिक सबै सांसदलाई पार्टीबाट निष्कासन गरिने बताए ।

मंगलबार मुख्यमन्त्री भट्टलाई एमालेको माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

ओली पक्षका सात जनाले मात्रै विपक्षमा मतदान गरेका थिए भने जसपाका दुई जनाले पनि विपक्षमा मत दिंदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।

१० जेठमा बसेको एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

तर १२ जेठमा बसेको माधव पक्षको बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

लगत्तै मुख्यमन्त्री भट्टले एमालेका तीन मन्त्रीलाई राजीनामा गराएर चार जना मन्त्री र तीन जना राज्यमन्त्री थपेका थिए ।

सरकारमा सहभागी सात जना मन्त्री र प्रमुख सचेतक दुर्गाकुमारी विकलाई एमालेले यसअघि नै कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here