अध्यक्ष ओली नसच्चिए माधव नेपालको पार्टीमा जाने नेताको चेतावनी

श्रोत : ईन्टरनेट

शुक्रबार, काठमाण्डु । नेकपा एमालेका दोस्रो तहका नेताहरुले १० बुँदे सम्झौता कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई पाँच दिने अल्टिमेटम दिएका छन् ।

माधव नेपाललाई नयाँ पार्टी गठनमा साथ नदिएका नेताहरुको शुक्रबार महाराजगञ्जमा बसेको बैठकले यसअघिका सम्झौता कार्यान्वयन गर्न पाँ चदिने अल्टिमेटम दिएका हुन् ।

frontline

कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै अध्यक्ष ओली नसच्चिए माधव नेपालको पार्टीमा जाने चेतावनी दिएको नेता राजबहादुर बुढाले जानकारी दिए ।

उनले अध्यक्ष ओलीले १० बुँदे सहमति स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गरे पनि कार्यान्वयन नगरेको भन्दै फागुन २८ यता भएका निर्णयहरू सबै खारेज नभए माधव नेपालको पक्षमा जाने विषयमा छलफल भइरहेकाे बताए  ।

उनकाअनुसार अबकाे पाँच दिनभित्र अध्यक्ष ओलीले तल्ला तहसम्म कार्यान्वयन नगरे ओली गलत र माधव नेपाल सही रहेको अर्थ लाग्नेछ ।

माधव नेपालले नयाँ दल दर्ता गरेपनि नेकपा एमालेमा बसेका तेस्रो धारका नेताहरुले पार्टी एकतालाई बचाउन आफूहरु प्रयासरत रहेको बताउँदै आएका छन् ।

बिहीबार नेपाल निकट मानिएका उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्तसहितका नेताहरुको बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here