अत्याधुनिक बसपार्क निर्माण गर्दै कागेश्वरी मनोहरा नगर
नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले कागेश्वरी मनोहरा नगरपालिकाले अत्याधुनिक बसपार्क निर्माण गर्ने भएको छ ।
नगरपालिकाको वडा नं.१ अड्डापट्टीमा अत्याधुनिक बसपार्क निर्माण गर्ने निर्णय गरेको हो ।
२४ करोडको लगानीमा निर्माण हुने सो बसपार्क अत्याधुनीक र सुविधा सम्पन्न हुने नगर प्रमुख कृष्णहरि थापाले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्