अटो रिक्साबाट खसेर महिलाको मृत्यु

२८ कार्तिक, काठमाडौं । रौतहटको गौर नगरपालिका–८, हनुमान चोकनजिक अटो रिक्साबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

हिजो साँझ करिब साढे ५ बजे प्रदेश २–०३–००१ ह ४२५ नम्बरको अटो रिक्साबाट खसेर स्थानीय ६० वर्षीया रमिला देवी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि वीरगन्ज लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जनाइएको छ ।

frontline

रिक्सासहित चालकलाई जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here