अटो एम्बुलेन्स सेवा सञ्चालनमा

श्रोत:ईन्टरनेट

कोरोना परिक्षण गर्न चहानेहरुले पनि अटो एम्बुलेन्सको सेवा लिन सक्ने

इटहरी / सुनसरीकाे इटहरीमा अटो एम्बुलेन्स सेवा सञ्चालनमा आएकाे छ । शनिबारबाट एरिना टेलिभिजनले इटहरीमा एरिना अटो एम्बुलेन्स सेवा सुरु गरेको हो । इटहरी उपमहानगरपालिकाको सहयोगमा स्वास्थ्य सेवाको अभावमा परेकाहरुलाई सहयोग गर्ने योजनाका साथ कार्यको थालनी गरिएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिएकी छन् ।

frontline

कोरोनाको बढ्दो संक्रमणसँगै बिरामीहरुले एम्बुलेन्स नपाएर भौतारिरहनु परेकाले अभावलाई कम गर्न २४ घण्टा अटो एम्बुलेन्सको सेवाकाे शुरुवात गरिएकाे एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समिर कार्कीले बताए । एम्बुलेन्सको चालकको सुरक्षा लगायतको जिम्मेवारी इटहरी उपमहानगरपालिकाले लिने भएको छ ।

यसैगरी कोरोना परिक्षण गर्न चहानेहरुले पनि अटो एम्बुलेन्सको सेवा लिन सक्ने बताइएको छ । अटो एम्बुलेन्स सेवा लिए बापत निश्चित शुल्क भने तिर्नु पर्ने छ । साग्बे सेर्पा (९८२३३१३७४१), बिनोद कुमार फुयाल (९८२४३०७०३१) अमृतकुमार कार्की (९८०७३०२७४७), रमेश खड्का (९८४२१४८००६)र नुर्बु सेर्पा (९८४२२३१५२९) लाइ सम्पर्क गरेर अटो एम्बुलेन्स सेवा लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here