अज्ञात समूहद्वारा हनुमानढोका क्षेत्रभित्रको मल्लकालीन शिलालेख तोडफोड

श्रोत : ईन्टरनेट

१६ पुस, काठमाडौं । अज्ञात समूहले हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख तोडफोड गरेको छ ।

बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको प्रताप मल्लकालीन शिलालेख तोडफोड भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

frontline

उनका अनुसार सो अभिलेख राजा प्रताप मल्लको समय अर्थात् वि.सं. १७०५ मा राखिएको हो ।

अभिलेख तोडफोड भएको जानकारी पछि त्यसका सबै टुक्राहरु संकलन गरेर हेरचाह अड्डामा सुरक्षित राखिएको खनालले जानकारी दिए ।

अभिलेख तोडफोडको बारेमा महानगरीय प्रहरी वृत्त हनुमानढोका र पुरातत्व विभागलाई जानकारी गराइसकिएको हेरचाह अड्डाले जनाएको छ ।

हेरचाह अड्डाले सो अभिलेखको टुक्रालाई जोडेर पहिलेकै अवस्थामा ल्याउनको लागि विज्ञहरुसँग छलफल गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here