अख्तियार आयोगद्वारा खाद्य विभाग र डीडीसींमा छापा, कागजात नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र दुग्ध विकास संस्थान (डीडीसीं)को कार्यालयमा छापा मार्दै कागजातहरू नियन्त्रणमा लिएको छ ।

म्याद नाघेको बटर बिक्री वितरण गरेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने डीडीसी र जिम्मेवारी पुरा गर्न नसक्ने तथा भूमिकामाथि नै शंका उत्पन्न भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कार्यालयमा पुगेर सो सम्बन्धी सम्पूर्ण कागजातहरू नियन्त्रणमा लिएको आयोग स्रोतले जनाएको छ ।

frontline

डीडीसीले लेबलमा आठ महिना अघि नै उपभोग गरी सक्ने भनिएको बटरलाई प्रशोधन गरी घ्यू बनाएर बेचेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here