अक्सिजनका लागि स्वास्थ्य मन्त्रालयको सिफारिस चाहिने, अफिनले जनायो आपत्ती

फ्रन्टलाइन स्वास्थ्य । स्वास्थ्य तथा मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई परिपत्र गरेको छ । निजी अस्पतालहरुले भने अक्सिजनको सपोर्टमा उपचाररत कोरोना संक्रमित विरामीहरु जोखिममा पर्ने बताएका छन् ।

स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी)ले शनिबार मात्र १० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै अस्पतालहरुलाई मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन दिन भनेको छ । धेरै कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा विक्री वितरणलाई व्यवस्थित गर्न यो निर्णय गरिएको एईओसीको पत्रमा उल्लेख छ ।
मन्त्रालयको निर्देशनपछि अक्सिजन सप्लायर्सहरुले सिफारिस लिएर आउनु भन्दै अक्सिजन रोक्न थालेको एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल(अफिन)ले जनाएको छ । यसले उपचाररत विरामीहरु जोखिममा पर्नुका साथै नयाँ विरामी लिन नसक्ने अवस्था आउनसक्ने अफिनका महासचिव हेमराज दाहालले बताउनुभयो ।

frontline

हेर्नुहोस मन्त्रालयद्धारा प्रेषित परिपत्र ः

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here