अक्सिजन सिलिन्डरको माग बढे
भविष्यमा बिरामी पर्दा अक्सिजन अभाव हुने डरले पनि अक्सिजन सिलिन्डर राख्ने गरेकोपनि पाइएको
कोरोना भाइरस संक्रमणको गम्भीर विरामी बढेसँगै पछिल्लो समय अक्सिजन सिलिन्डरको माग निकै बढेको छ ।
२४ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको गम्भीर विरामी बढेसँगै पछिल्लो समय अक्सिजन सिलिन्डरको माग निकै बढेको छ ।
अस्पतालमा उपचाररत धेरै बिरामीलाई अक्सिजन सपोर्टमा उपचार गर्नुपरेको छ भने होम आइसोलेसनमा बसेका पनि कतिपयले घरमै अक्सिजन व्यवस्था गरेका छन् ।
कतिपयले भविष्यमा बिरामी पर्दा अक्सिजन अभाव हुने डरले पनि अक्सिजन सिलिन्डर राख्ने गरेको पनि पाइएको छ ।
त्यसैले पछिल्लो समयमा अक्सिजन उद्योगमै गएर सिलिन्डर खरिद गर्नेमा र खाली सिलिन्डर भर्नेमा अस्पताल मात्र नभई सर्वसाधारण पनि थपिएका छन् । शुक्रबार बालाजुस्थित शंकर अक्सिजन ग्यास उद्योगमा पुग्दा धेरै गाडीहरु लामवद्ध थिए ।
ती गाडी खाली अक्सिजन सिलिन्डर लिएर ग्यास भर्न आएका थिए । त्यस्तै मोटरसाइकल र पैदल हिँडेर आएका सर्वसाधारण पनि हातमा अक्सिजन सिलिन्डर बोकिरहेका देखिन्थे ।
हेर्नुहोस तस्वीरहरु
प्रतिक्रिया दिनुहोस्