अक्सिजन समस्याको मारमा ग्रीन सिटी अस्पताल पनि

दैनिक २५० सिलिण्डर अक्सिजन आवश्यक रहेपनि व्यवस्थापनमा निकै कठिनाइ

काठमाडौंको धापासीस्थित ग्रीन सिटी अस्पतालले अक्सिजन अभावमा कोभिड–१९ का नयाँ बिरामी भर्ना गर्न नसक्ने घोषणा गरेको छ ।

frontline

अस्पतलले बुधबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन आपूर्तिमा समस्या आएको भन्दै अस्पतालले नयाँ भर्ना गर्न नसक्ने  जनाएको हो । हाल आईसीयूमा १० र हाई केयर युनिटमा ३० जना संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ । दैनिक २५० सिलिण्डर अक्सिजन आवश्यक रहेपनि व्यवस्थापनमा निकै कठिनाइ भइरहेको अस्पतालको भनाइ छ ।

अहिलेको विषम परिस्थितिमा अक्सिजन आपूर्तिमा आएको समस्याले गर्दा अक्सिजन मौज्दात केही घण्टाभन्दा बढीका लागि नरहेकाले कुनै पनि बेला ठूलो दुर्घटना हुने सक्ने अस्पतालले बताएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here