अक्सिजन र भेन्टिलेटर चाहिएको छ, मतपत्र होइन

बृहत् नागरिक आन्दोलनले संविधान रक्षाका लाथि सशक्त जनआन्दोलन गर्नुपर्ने भन्दै सबै लोकतान्त्रिक दल, अधिकारकर्मी, पेशाकर्मी र सचेत नारिकलाई आह्वान गरेको छ।

शनिबार प्रेस विज्ञप्ति जारी गरी आन्दोलनले महामारीको बेला प्रधानमन्त्री केपी ओलीले मतपत थमाउने झुटो घोषणा गर्न मानवताविरूद्धको अपराध भएको दाबी पनि गरेको छ।

frontline

पछिल्लोपटक प्रतिनिधिसभा विघटनको कदमलाई नागरिक आन्दोलनले ‘कू दे ताँ’ ठहर गरेको छ।‘हिजो करिब दुई तिहाइको तिर्वाचित सरकारको नेतृतव गर्दा समेत ओलीले सदैव निर्वाचित संस्था, लोकतान्त्रिक राज्य संयन्त्र र संविधानको अवहेलना गरिरहे,’ विज्ञप्तिमा भनिएको छ, ‘यो संकटको क्षणमा आम जनतालाई खोप, भेन्टिलेटर र अक्सिजन चाहिएको छ, मतपत्र होइन।’

नागरिक आन्दोलनले अहिले सुशासन प्रत्याभूत गर्ने जनउत्तरदायी सरकार चाहिएको हो भन्दै ‘महाव्याधीको संकटलाई ‘कू’का निम्ति दुरुपयोग गर्ने षडयन्त्र होइन’ भनेको छ।

‘अहिले लोकतान्त्रिक विधि, संस्था र मूल्य मान्यताको उत्तरदायी अभ्यास चाहिएको छ, कार्यकारी र संवैधानिक निकायहरूको षडयन्त्रमूलक कब्जा होइन,’ विज्ञप्तिमा भनिएको छ।

जनस्वास्थ्य, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ नागरिक आन्दोलनले गरेको आन्दोलनको औभित्य झनै पुष्टि भएको विज्ञप्तिमा दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here