You tube मार्फत अवार्ड पाउने घनश्याम रौतहटकै पहिलो व्यक्ति

मेवालाल यादव

रौतहट । रौतहट, असोज १गते You tube मार्फत अवार्ड पाउने घनश्याम गुप्ता रौतहटकै पहिलो व्यक्ति हुन सफल भएका छन।

frontline

रौतहट जिल्लाको परोहा नगरपालिका वार्ड नं ८ नरकटिया टोलमा बस्ने श्री रामाज्ञा प्रसाद कलवारको छोरा घनश्याम प्रसाद गुप्ता ले (100K) एक लाख subscriber पुरा गरी YouTube मार्फत सिल्वर प्ले बटन (आवार्ड) पाउनु भएको छ ।

घनश्याम रौतहट जिल्ला मै यो आवार्ड पाउने पहिलो व्यक्ति हुन् पुगेको छ । अमेरिकाको कल्फोर्नियाबाट कुरियरको माध्यमले वहाँ सम्म यो आवार्ड पुगेको छ ।

इंटरनेट एउटा मनोरंजनको माध्यम हो तर यसको सही प्रयोगले धेरै कुरा जान्न र सिक्न मिलने लगायत यसबाट पुरस्कार र पैसा पनि कमाउन सक्ने कुरा निज गुप्ताले आजका युवाहरुलाई उत्साहित गराएका छन ।

अनलाईनमा पनि भविष्य छ भनि वहाले सबै युवाहरुलाई प्रेरणा दिनु भएको छ । वहाँ को घर परिवार , साथी भाई तथा शुभ चिन्तकहरु को माध्यम बाट बधाई प्राप्त भई रहेको वहाले बताउनु भएको छ ।

गुप्ताले केही दिन देखी युट्युबमा आरोही फिल्म्स नामक च्यानल बनाई विभिन्न विडियोहरु बनाई अपलोड गरेर you tube का दर्शकहरुलाई मनोरंजन गराई राख्दै आइरहनु भएको र उक्त मेहेनतको प्रतिफल दर्शकहरुले च्यानल subscribe गरी एक लाख subscriber पूरा गरी दिनुभएको सम्मान प्रति आफु हर्षित भएको बताउनु भयो ।

साथ साथै वहाले आफ्ना सम्पूर्ण you tube दर्शक तथा subscriber मित्रहरुले सहयोग गरी सम्मान दिलाउनमा खेलेको भूमिका प्रति आभार प्रकट गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here