विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
नेपाल कम्युनिस्ट पार्टी(माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सत्तासँग सावधानी र समस्या समाधान गर्ने क्षमता भन्दा गोली र बल धेरै भएको टिप्पणी गरेका छन्। उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्,‘उसले गोली,जेल र दमनलाई समाधान ठान्छ। सुनसरीमा मात्र होइन सुकुमबासी, मिटरब्याज पीडित, गणेश नेपाली लगायतका घटनामा यो प्रस्ट देखियो।’
बल, गोली र दमनले जनतालाई नभई सत्तासीन र सत्तालाई ढाल्ने समेत विप्लवले बताए।
उनले समयमै दोषीलाई कारबाही, पीडितलाई न्याय र समस्याको न्यायपूर्ण समाधान गर्न आग्रह समेत गरेका छन्।






प्रतिक्रिया दिनुहोस्