मेसीले फेरि गरे गोल, जोर्डनविरुद्ध अर्जेन्टिना ३-१ ले विजयी

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘जे’ खेलको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनविरुद्ध ३-१ को जित निकालेको छ। 

पहिलो हाफमा २ गोल गरेको अर्जेन्टिनाले जोर्डनविरुद्ध दोस्रो हाफको ८० मिनेटमा तेस्रो गोल गरेको छ। 

frontline

अर्जेन्टिनाका लागि खेलको १९ औँ मिनेटमा लो क्लेसो र ३१ औँ मिनेटमा लौटारो मार्टिनेजले १-१ गोल गरे। 

खेलको ८० औँ मिनेटमा कप्तान नियोनल मेसीले १ गोल गरेर अर्जेन्टिनाको अपराजित यात्रालाई कायम राखे। 

आजको खेलको पहिलो हाफमा अर्जेन्टिनी कप्तान लियोनल मेसी मैदानमा थिएनन्। उनले दास्रो हाफमा खेलेका हुन्। 

अर्जेन्टिनाले समूह चरणका दुई खेल लगातार जित्दै यसअघि नै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको थियो। यो जितसँगै अर्जेन्टिनाले जारी विश्वकपको समूह चरणको खेलमा ९ अंकसहित शीर्ष स्थानमा छ।  

जारी विश्वकपमा यसअघि गरेका ५ गोल सबै मेसीका नाउँमा छन्। आजको १ गोल सँगै मेसीको नाउँमा ६ गोल भएको छ।

आजको खेलमा जोर्डनका लागि खेलको ५५ मिनेटमा मुसा आइ तमारीले १ गोल गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here