युद्धविराम उल्लंघन भइरहे इरानको अस्तित्व मेटिने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै युद्धविरामको उल्लंघन जारी रहे ‘इरानको अस्तित्व नै मेटिन सक्ने’बताएका छन्। अमेरिकी सेनाले इरानमाथि गरेको नयाँ आक्रमणपछि ट्रम्पले इरानको अस्तित्व नै मेटाउने धम्की दिएका हुन् । 

पनामाको झण्डा बोकेको एक तेल ट्याङ्करमाथि इरानले आक्रमण गरेपछि अमेरिकी सेनाले इरानी ठेगानाहरूलाई निशाना बनाएको दाबी गरेको छ।

frontline

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेख्दै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘युद्धविराम सम्झौताको पुनः उल्लंघन भएपछि अमेरिकी विमानहरूले इरानका मिसाइल, ड्रोन भण्डारण र राडार केन्द्रहरूमा आक्रमण गरेका छन्।’ट्रम्पले अगाडि भनेका छन्, ‘यो पूर्ण रूपमा सम्भव छ कि उनीहरूले कहिल्यै पाठ सिक्ने छैनन्। एउटा यस्तो समय आउन सक्छ जब हामी सम्झौता गर्ने स्थितिमा रहने छैनौँ र हामीले सैन्य बल प्रयोग गरेर त्यो काम पूरा गर्नुपर्नेछ, जसको सुरुवात हामीले सफलतापूर्वक गरिसकेका छौँ।’

उनले चेतावनी दिँदै लेखेका छन्, ‘यदि त्यसो भयो भने, इस्लामिक रिपब्लिक अफ इरानको अस्तित्व रहने छैन।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here