न्याय समूहका ८४ उपसचिवको सरुवा

न्याय समूहका ८४ जना उपसचिवको सरुवा गरिएको छ। प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले सरुवा गर्ने निर्णय गरेको हो। 

ऋण असुली न्यायाधिकरणका स्रेस्तेदार देवेन्द्र ढकाल सर्वोच्च अदालतको उपरजिस्ट्रारमा सरुवा भएका छन्।  धादिङ जिल्ला  अदालतका स्रेस्तेदार माधव भण्डारी सर्वोच्च अदालत, चितवन जिल्ला अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्य, नवलपुर जिल्ला अदालतका गम्भीर घिमिरे काभ्रेपलान्चोक जिल्ला अदालतका कर्णबहादुर राई पनि सर्वोच्च अदालतमा सरुवा भएका छन्। 

frontline

यस्तै कानुन समूहका ३ उपसचिव, न्याय समूहका ६३ जना र कानुन समूहका १९ जना शाखा अधिकृतको पनि सरुवा गरिएको छ। 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here