भिल्लारियलले इतिहासमै पहिलो पटक युरोपा लिगको उपाधि चुमेको

काठमाडौं । स्पेनिस टोली भिल्लारियलले इतिहासमै पहिलो पटक युरोपा लिगको उपाधि चुमेको छ । लिगको आज विहान भएको फाइनल खेल अन्तरगत सडन डेथमा इङलिस क्लव म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको हो ।

सडन डेथमा पुगेको खेलमा भिल्लारियल्ले १० का विरुद्ध ११ गोलले जित्न सफल भएको हो । पोल्याण्डमा भएको खेलको निर्धारित ९० मिनेटको समयमा खेल १(१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरी खेलाइएको थियो ।

frontline

तर सो अवधिमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा पनि दुवै टोलीले सुरुवाति १०र१० प्रहारमा बराबरी नै गोल गरेपछि गोलरक्षकहरुको सडन डेथ प्रहारबाट निर्णय लिनु परेको थियो ।

भिल्लारियल्का गोलरक्षक जेरमिनो रुल्लीले बललाइ सिधा गोलमा परिणत गरेका थिए भने युनाइटेडका गोलरक्षक डेविड डे हेयाले हानेको बललाई बचाएपछि भिल्लरियल च्याम्पियन बनेको हो । युरोपेली प्रतियोगिता सन् २००१ यता स्पेनिस टीलीलाई इङलिस टोलीले हराउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

poster-here