कोरोनाको दोस्रो लहरले अर्थतन्त्र प्रभावित

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/०७८ मा मुलुकको आर्थिक वृद्धि ४ प्रतिशतभन्दा कम हुने भएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै पछिल्लो समय बढ्दो क्रममा रहेको कोरोना संक्रमणले गर्दा अर्थतन्त्र प्रभावित भएकाले आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नपुग्ने बताउनु भएको हो।

frontline

सरकारले बजेट मार्फत चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । तर कोरोनाको प्रभाव बढ्दै गएपछि केन्द्रीय तथ्यांक विभागले ४।०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो ।

आर्थिक संकटाका बावजुद पनि मुद्रा स्फिति सिमा भित्र रहेको, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चिति सुविधा जनक रहेको अर्थमन्त्रीले बताउनु भयो । लकडाउनपछि भी आकारमा सुधार हुँदै गएको अर्थतन्त्रमा २०७८ सालको सुरुवातसँगै फैलिन सुरु गरेको कोरोनाको दोस्रो लहरले अर्थतन्त्रमा पुनः जोखिम बढाएको मन्त्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here