बलात्कारपछि जन्मिएको छोराको न्याय खोज्दै पीडित: दोषी उम्किन खोज्दा आत्महत्याको चेतावनीबलात्कारपछि जन्मिएको छोराको न्याय खोज्दै पीडित: दोषी उम्किन खोज्दा आत्महत्याको चेतावनी

रौतहट, ९ वैशाख । जिल्लाको राजपुर नगरपालिका ३ बलुवा निवासी १७ वर्षीया नाम परिवर्तन समिना खातुनले एक वर्षअघि जबरजस्ती बलात्कारको सिकार भई हाल शिशु छोरा जन्माएकी छिन्। पीडितका अनुसार, करिब एक वर्ष अघि घाँस काट्न गएकी बेला एकान्तमा सोही वडाका १९ वर्षीय शेख अबरारुल हकले उनलाई जबरजस्ती करणी गरेका थिए।

पीडित खातुनले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत आफ्नो पीडाको सार्वजनिक गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिन्। उनका अनुसार, बलात्कारपछि गर्भवती भई उनले एक छोरा जन्माएकी हुन्, तर दोषी अझै कानुनी दायरामा आउन सकेका छैनन्।

frontline

उनले भनिन् “मैले जिल्ला प्रहरी कार्यालयमा रौतहटमा उजुरी दिएकी छु,” पीडितले भनिन्, “तर प्रहरी प्रशासनले पैसा लिएर मलाई आलटाल गरिरहेको हो । न्याय माग्दा हामीलाई नै हेप्ने काम भइरहेको छ।”

उनले आफू मानसिक, सामाजिक र आर्थिक रूपमा पीडित भएको भन्दै अब दोषीलाई कानुनी सजाय नभएमा जिल्ला प्रहरी कार्यालयकै अगाडि आत्महत्या गर्ने चेतावनी समेत दिएकी छिन् ।

“जसले मेरो छोराको जन्म दिएको छ, उसैसँग बस्न तयार छु, होइन भने आत्महत्या गर्नुपर्छ,” पीडितले पत्रकारहरूसामु आँखा रसाउँदै भनिन्।

पीडितका परिवारले पनि प्रहरी प्रशासनमाथि मिलेमतोको आशंका गरेका छन्। खातुनका बुबा शेखले भने, “हामी गरीब छौँ, छोरीको भविष्य बरबाद भयो। न्यायको लागि प्रहरीकहाँ धाइरहेका छौँ, तर अपराधी खुलेआम हिँडिरहेको छ।”

मानव अधिकारकर्मीहरू तथा स्थानीय समाजसेवीहरूले घटनाप्रति गम्भीर ध्यान दिँदै पीडितलाई न्याय दिन सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

“एक जना किशोरीमाथिको यस्ता घटनाले हाम्रो समाजको चरित्र देखाउँछ,” एक स्थानीय अधिकारकर्मीले भने, “यसमा ढिलासुस्ती हो भने अझ धेरै पीडित मौन बस्न बाध्य हुनेछन्।”रौतहट, ९ वैशाख । जिल्लाको राजपुर नगरपालिका ३ बलुवा निवासी १७ वर्षीया नाम परिवर्तन समिना खातुनले एक वर्षअघि जबरजस्ती बलात्कारको सिकार भई हाल शिशु छोरा जन्माएकी छिन्। पीडितका अनुसार, करिब एक वर्ष अघि घाँस काट्न गएकी बेला एकान्तमा सोही वडाका १९ वर्षीय शेख अबरारुल हकले उनलाई जबरजस्ती करणी गरेका थिए।


पीडित खातुनले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत आफ्नो पीडाको सार्वजनिक गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिन्। उनका अनुसार, बलात्कारपछि गर्भवती भई उनले एक छोरा जन्माएकी हुन्, तर दोषी अझै कानुनी दायरामा आउन सकेका छैनन्।

उनले भनिन् “मैले जिल्ला प्रहरी कार्यालयमा रौतहटमा उजुरी दिएकी छु,” पीडितले भनिन्, “तर प्रहरी प्रशासनले पैसा लिएर मलाई आलटाल गरिरहेको हो । न्याय माग्दा हामीलाई नै हेप्ने काम भइरहेको छ।”

उनले आफू मानसिक, सामाजिक र आर्थिक रूपमा पीडित भएको भन्दै अब दोषीलाई कानुनी सजाय नभएमा जिल्ला प्रहरी कार्यालयकै अगाडि आत्महत्या गर्ने चेतावनी समेत दिएकी छिन् ।

“जसले मेरो छोराको जन्म दिएको छ, उसैसँग बस्न तयार छु, होइन भने आत्महत्या गर्नुपर्छ,” पीडितले पत्रकारहरूसामु आँखा रसाउँदै भनिन्।

पीडितका परिवारले पनि प्रहरी प्रशासनमाथि मिलेमतोको आशंका गरेका छन्। खातुनका बुबा शेखले भने, “हामी गरीब छौँ, छोरीको भविष्य बरबाद भयो। न्यायको लागि प्रहरीकहाँ धाइरहेका छौँ, तर अपराधी खुलेआम हिँडिरहेको छ।”

मानव अधिकारकर्मीहरू तथा स्थानीय समाजसेवीहरूले घटनाप्रति गम्भीर ध्यान दिँदै पीडितलाई न्याय दिन सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

“एक जना किशोरीमाथिको यस्ता घटनाले हाम्रो समाजको चरित्र देखाउँछ,” एक स्थानीय अधिकारकर्मीले भने, “यसमा ढिलासुस्ती हो भने अझ धेरै पीडित मौन बस्न बाध्य हुनेछन्।”

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here