मोरङ कदमाहमा करेन्ट लागेर महिलाको मृत्यु

४ भदौ, विराटनगर । मोरङको कदमाहमा करेन्ट लागेर शुक्रबार साँझ एक महिलाको मृत्यु भएको छ ।

सीटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर धनपालथान गाउँपालिका–७ कदमाहकी ३८ वर्षीया कान्तिदेवी मण्डलको मृत्यु भएको हो । 

frontline

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार साँझ ६:३० बजेतिर करेन्ट लागेर मण्डल गम्भीर घाइते भएकी थिइन् ।  

उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले साँझ ७:४५ बजेतिर मृत घोषित गरेको श्रेष्ठले बताए ।

उनले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here