जापान बनिसकेकाे सुनामी कपनकाे दुःख हाे कि पहिचान ?
१४ साउन, काठमाडौं । समय कति परिवर्तनशील छ, त्यसकाे उदाहरण हामी नजिकका कतिपय घटना र पात्रहरूमा सहजै देख्न सक्छाैँ ।
अघिल्लाे चुनावसम्म(पाँचवर्ष अघिसम्म) शालीन तथा भद्रजस्तै लाग्ने डा. राजन भट्टराइलाइ आलाेचना गर्ने विषय खाेज्न निकै हम्मे पर्थ्याे ।
उनकाे उपस्थितिमै कताकता भद्रता अनि बाैद्धिकताकाे महक आउँथ्याे । पाँचवर्षकाे अन्तरालमा तिनै भट्टराइकाे रूप, रंग तथा व्यवहारमा यतिसम्म फेरियाे कि अब उनी कि जाेगमेहरझैँ लाग्छन् कि सूर्य थापाझैँ ।
भट्टराइकाे अगाडि झुण्डिएकाे पिएचडिकाे डाक्टर उपाधिकाे उपहास गरिरहेकेा एउटा भिडियाे सार्वजनिक भएपछि म याे आलेख लेख्न बाध्य भएँ ।
उनकै तथाकथित मुख्यपत्रझैँ एक स्थानीय मिडियाले उनले बाेलेकाे भाषण सगर्व प्रकाशित गरेकाे थियाे । कपन तथा क्षेत्र नं ४ केन्द्रित याे तथा यस्ता कतिपय लाेकल भाषणले डा. भट्टराइलाइ अर्धज्ञानी, अल्पज्ञानी हैन पूर्ण अज्ञानी स्वरूपलाइ देखाइ रहेकाे छ ।
आलेखकाे सुरू यसरी गराैँ, मेराे अझै स्थायी ठेगाना कपन नै हाे । हाल बुढानिलकण्ठकाे वडा नं १२(तत्कालिन कपन गाविसकाे वडा नं १) मेराे स्थायी ठेगाना हाे । म कपनबाट बाहिरिएकाे तीन वर्ष भए पनि मेराे ठेगाना मैले बदलेकाे छैन ।
भाेट हाल्नदेखि कानुनी काम केही पर्दा कपनकाे फैका नै पुग्छु । त्यहाँका कतिपय पूरानाे सम्झनाले मलाइ नाेस्टाल्जिक बनाउँछ ।
२५ वर्ष कपन भूमिमा बिताउँदा त्यहाँ जनप्रतिनिधिसम्म बनेकाे कारण पनि त्यहाँका बिबिध अबस्था, दुःख दर्द वा अब्यबस्था बारेका धेरै कुरा मसँग ठाेक्किन्छन् ।
विशेषगरी सानाे एकझर पानीले डुबान हुने कपनकाे व्यथासँग मैले एकखाले लामाे लडाइँ लडेकाे थिएँ । यही डुबानका विषयमा डा भट्टराइकाे अज्ञानरूपी भाषणले राजनीति र राजनीतिका पात्रप्रति एकपटक फेरि विमाेहित बनायाे ।
मिठाराम अधिकारी जाे हाल बुढानिलकण्ठ नगरपालिकाकाे मेयर छन्, उनी कपनकाे गाविस अध्यक्ष हुँदा उनीसँग मैले पनि जनप्रतिनिधिकाे रूपमा काम गरेकाे थिएँ । ०५४ सालकाे स्थानीय निकाय चुनावपछिकाे कुरा हाे याे ।
त्यसताका कपनमा जताततै फाँटहरू थिए तर बाटाहरु थिएन । ०५५ पछि तिनै रमाइला फाँटमा गाउँमा बस्न नसकेर वा मन नलागेर काठमाडाैँ छिर्नेहरूकाेे दाेहरीलत्ताे भीड देख्न पाइन्थ्याे ।
बाटाे नै नभएकाे ठाउँमा सस्ताेमा जग्गा लिनेहरू फाँटभरी देखिन्थ्याे । यसरी बाटै नभएकाे ठाउँमध्ये अब्बल ठाउँचाहिँ खाेला तथा राजकुला छेउका जग्गा मानिन्थ्याे ।
माओवादीले लखेटेर हाेस् वा काठमाडाैँ पस्न मन लागेर हाेस् ससाना थैली लिएर आउनेहरू कपनमय बन्न थाले, अनि जग्गाहरू बिक्न थाल्याे बाटाेघाटाे बिनाकाे ।
व्यवस्थित बसाेबासकाे कुरा त्यतिखेर साेचभन्दा बाहिर थियाे । घरहरू बन्न थालेपछि बाटाे खाेल्ने प्रयासहरू भए । कपनमा साना ठूला गरी आधा दर्जन खाेलाहरू थिए ।
त्यसमध्ये नामका कारण तथा पानीकाे बहावका कारण पनि गतिलाे मानिन्थ्याे यज्ञमती खाेला । याे खाेलाकाे उद्गम भएकाे थियाे, यज्ञडाेल(जगडाेल)बाट । जगडाेलकाे ओरालाेतिरबाट शुरू भएर यज्ञमती खाेला धाेवीखाेलामा मिसिन्थ्याे ।
यज्ञमतीलगायत चुखुन्चासहित सबै खाेलाखाेल्सीहरू प्राकृतिक साैन्दर्यले युक्त थिए । यज्ञमती र चखुन्चामा हिउँदमा पनि एकमुठीकाे पानी हिँडिरहेकाे हुन्थ्याे
निलकाँडादेखि मयललगायतका बुट्यानले ढाकेकाे यी खाेलाकाे निश्चित आकारमा वर्षाकाे पानी भने कहिल्यै अडिदैनथ्याे ।
वर्षेनी खाेला आसपासका धानखेतमा बाढी पस्थ्याे । वर्षामा सानाेतिनाे समुन्द्रझै देखिन्थ्याे बाढीकाे स्वरूप । हरेकवर्ष धानबाली नास गर्याे भन्ने किसान भेटिन्थे ।
हामी जनप्रतिनिधि भएर आउनुताकातिरबाटै तिनै धान फल्ने फाँटहरू दुइआना चारआना गरेर बिक्न थाल्याे तर बाटाे थिएन । खाेला आसपासका मानिसमा खाेलाबाट बाटाे आउने आशा थियाे । बिनाबाटाे पनि जग्गा पास हुन्थ्याे ।
खाेलाकाे किनारसम्म जग्गा नापेर बेचिन्थ्याे किनिन्थ्याे यसमा गाविसले सहज स्वीकृति दिन्थ्याे । कपनमा जग्गा खाेज्न आउनेहरूकाे संख्या बढ्न थालेपछि त्यसैताका प्लटिङहरू पनि सुरू भए खाेला किनाराका जमिनहरूमा । प्लटिङवालाहरू राजनीतिक दलकै मानिस हुन्थे ।
यिनै प्लटिङवालाहरूले गाविस अध्यक्षलाइ विकासकाे चरम नमुना खाेलामा ढल हालेर बाटाे निकाल्ने जुक्ति सुझाए ।
गाविस अध्यक्ष अधिकारीलाइ पनि याे कुरा विकासवादकाे चरमरूपझैँ लाग्याे । फलतः खाेलालाइ बाटाे बनाउने निर्णयमा पुगे अधिकारी ।
आफूलाइ चरम विकासवादी भनेर आत्मश्लाघामा बाँच्ने मिठाराम अधिकारी प्लटिङवालाकाे अफरमा आफ्नाे विकासकाे भारी बिसाए । अनि खाेलामा ढल हालेर माथि सडक बनाउने प्लटिङवालाकाे चाहनामा आफूलाइ समाहित गरे ।
अधिकारीकाे खाेलामा ढल हाल्ने निर्णयलाइ खाेलामा छेउमा घर बनाएका तथा जग्गा किनेकादेखि प्लटिङवालाहरूले स्वागतमा फूलहरू विच्छ्याए ।
खाेलामा ढल हाल्न सुरू भयाे । खाेलामा ढल हाल्ने कार्यकाे बिराेध पनि भयाे । आज पनि मलाइ त्याे दिन याद छ, जुनदिन मलगायत आधा दर्जन जनप्रतिनिधिले खाेलामा ढल नहालुँ, खाेलाकाे प्राकृतिक स्वरूप बचाउँ भनेर गाविस अध्यक्षलाइ निवेदन गर्न गएकाे ।
तर गाविस अध्यक्ष अधिकारीले हाम्राे निवेदन दर्ता त गरेनन् नै उल्टै विकास बिराेधी करार दिए । खाेलामा ढल हाल्न हुन्न भन्ने विषयमा एकदुइ ठाउँमा झडपसम्म हुन पुगेकाे थियाे। ढल हाल्न हुन्न भन्नेहरूलाइ ‘कुट्छु’ ‘मार्छु’ भन्नेहरु आज बुढानिलकण्ठका जनप्रतिनिधि बनेका छन् ।
खाेलामा ढल हालेर विकासकाे चरमरूप देखाउने मिठाराम अधिकारी तिनै तथाकथित बाढीग्रस्त क्षेत्रकाे भाेटले बुढानिलकण्ठकाे मेयरमा बिराजमान छन् ।
त्यतिखेर खाेलामा ढल हाल्न हुन्न भने आवाज यति झिनाे भयाे कि हाल्नुपर्छ भन्नेहरूकाे समुन्द्र नै देखियाे । ढलहाल्न हुन्न भन्ने हामीहरू नितान्त विकास बिराेधी भयाैँ । आज जुन ठाउँका मानिसहरू डुबान भयाे भन्छन् उनीहरु सबैले ढल हाल्नुपर्छ बाटाे निकाल्नु पर्छ भनेर बुलन्द आवाज निकालेका थिए ।
फलतः कपनकाे तल्लाे फाँटकाे खाेला क्षेत्रमा खाेलाकाे सानाे आकारमा बाटाे बन्याे, खाेलाले चर्चेकाे जग्गामा मानिसकाे घर बने । पुरानाे नक्साकाे आधार बनाउने हाे भने अहिले खाेला पिडीत हुने अधिकाँशकाे घर खाेलामै देखिन्छ ।
यसाे भनिरहँदा तिताे लागे पनि खाेलामा ढल हालेर बाटाे बनाउने अनि जग्गाकाे आकार ठूलाे र महँगाे मूल्यमा बेच्ने धुनकाे उपज पनि हाे आजकाे बाढी पीडित अबस्था ।
खाेलाखाेल्सी, राजकुला सबैलाइ अध्यक्ष अधिकारीले ढल हालेर बाटाे बनाइदिए अनि विकास पुरूष बने । सानासाना बाटा, अव्यवस्थित घरबास, एकझर पानीमा डुब्ने बस्ती बनेकाे कपनलाइ एकदिन मिठाराम अधिकारीले मैले कपनलाइ जापान बनाएँसमेत भन्न पुगे ।
याे भनाइ उनकाे जिब्राे चिप्लिएर आएकाे थिएन । उनले अझै पनि बुढानिलकण्ठ नगरपालिकामा कपनलाइ सबैभन्दा विकसित नै मान्छन् । अधिकारीकाे विकास अवधारणा नै यस्तै यस्तै थियाे ।
खाेलामा ढल हालेर सडक बनाएपछि वर्षेनी एकदर्जन पटक पानीले डुब्न थाल्याे । फाँट हुँदा पनि धानखेत बगर बनाउने गरी आउने खहरे अव्यवस्थित बस्तीकाबीच सुनामीझैँ बन्न थाल्याे । यसरी सुनामीझैँ बाढी देखिन थालेपछि मिठाराम अधिकारीले जापान बनाएकाे कुरा ठिकै पाे भने कि जस्ताे पनि लाग्न सक्छ ।
जापानमा सुनामी नआए के आउनु !? अब याे जापान बनिसकेकाे सुनामी कपनकाे दुःख हाे कि ? पहिचान हाे कि ? वा साैन्दर्य हाे ? याे प्रश्न पेचिलाे हाेला । तर जे भए पनि अब कपन भनेकाे यही हाे ।
मेराे मनमा लागेकाे कुराचाहिँ, कपनलाइ जापान बनाएर सुनामी आउने बनाउने मिठाराम अधिकारीलाइ बुढानिलकण्ठकाे मेयर बनाउन ठूलाे मेहनत गरेका डा राजन भट्टराइलाइ याे सुनामीले किन दुख्छ ? वा किन दुखेझैँ गर्छन् ? राजनीतिका कच्चा खेलाडि भट्टराइले कपन बुझेकाे भए सम्भवतः याे कुरा बाेल्दैनथे हाेला वा कपनकाे बाढीकाे बारे बाेल्दैनथे हाेला ।
तर उनकाे अज्ञानता यतिसम्म देखियाे कि याे डुबान गगन थापाले गरेकाे हाे भन्नेतिर पुगे । जाेगमेहर शैलीमा रमण गर्ने तथा सूर्य थापा शैलीमा बेाल्ने रूप धारण गरेका भट्टराइलाइ याे कपन डुबानकाे जनक वा प्रणेता उनकै प्रिय मिठाराम अधिकारी हुन् भन्नका लागि याे आलेख लेखेकाे हुँ ।
अझ, मलाइ के लाग्छ भने, याे डुबानका प्रणेता यिनै खाेला किनारमा बस्नेहरू पनि हुन्, जसलाइ खाेला मासेर बाटाे चाहिएकाे थियाे । बाटाेबिनाकाे जीवन सम्भव नहुने भएकाले त्यतिखेर यसकाे विकल्प पनि थिएन कि ।
आजका दिनमा राजनीति गर्न वा भाइरल हुन बाढीका फाेटाे वा भिडियाे प्रकाशन गरेर टेक्नाेलाेजी सेन्टिमेन्ट ग्र्याप गर्न खाेजे पनि यहाँका मानिसमा बाढी पिडीत हुनुकाे कुनै दुखेसाे मचाहिँ देख्दिन ।
यस कुराकाे प्रमाण २ महिना अघिकाे चुनावकाे मतदानले देखाउँछ । बाढी पिडीत कपनवासीका लागि खाेला मासेर सडक बनाउने मिठाराम अधिकारी अझै विकास पुरूष हुन् ।
कपनवासीकाे आइडल नेता अझै मिठाराम अधिकारी नै हुन्, याे कुरा चुनावले दर्साइसकेकाे छ । खाेला मासेर सडक बनाउने नेता आइडल भएपछि वर्षामा सडकबाट खाेला हिँड्दा सामान्य साेच्ने बानी बसाल्न नसकेकाे मात्र हाे ।
जाेगमेहर शैलीमा आफ्नाे चुनावी क्षेत्र विचरण गर्ने डा राजन भट्टराइलाइ यहाँकाे भुगाेल र यसका कथा कुथुङ्ग्री थाहा नहुनु स्वभाविक पनि हाे । भट्टराइलाइ काठमाडाैँमा कपन छ भन्ने घुरमैलाेमात्र थाहाहुँदा मिठाराम अधिकारीले खाेलाजति सबैमा ढल हालेर सडक बनाएर विकास पुरूष बनिसकेका थिए ।
डा. भट्टराइलाइ ०७० सालपछिकाे कपनमात्र थाहा छ, त्यसैले उनलाइ लाग्याे हाेला, याे सब काम गगन थापाकाे हाे । वा उनका मानसपुत्रहरूले याे डुबान गगन थापाले गरेकाे भनेर लगाएका हाेलान् ।
किनकी, ०७० पछि काठमाडाैँ क्षेत्र नं ४ मा गगन थापा सांसद छन् । उता गगन थापाचाहिँ जान्ने बनेर जापान बनेर सुनामी आउने भैसकेकाे कपनकाे बाढीलाइ राेक्न अर्बाैँ बजेट हालिरहेका छन् ।
मलाइ के लाग्छ भने, गगन थापाले हालुन् कि जसले हालुन् जति सुकै अर्ब बजेट हालुन् न, कपनकाे बाढी अब कपनकाे मूल पहिचान हाे । यसकाे भूगाेललाइ गहिरिएर अध्ययन गर्याे भने पनि सहज थाहा हुन्छ एकझर राम्राे पानी आयाे भने राम्राे बाढी त आउँछ नै ।
माैजुदा अबस्थामा बन्ने/बनाइने जतिसुकै उच्चतम प्रबिधिकाे कामले पनि कपनकाे डुबानलाइ राेक्न सक्दैन । त्यसैले हिँउदमा काकाकुलझैँ हुने कपनले वर्षामा एक दर्जनपटक डुबुल्की मार्दा सामान्य साेचेर डुबानलाइ राजनीतिक मुद्धा नबनाए राम्राे हुन्छ ।
डा. राजन भट्टराइले पनि गगन थापासँग चुनाव लड्न यस्ता अज्ञान दर्सिने मुद्धाभन्दा अरू नै मुद्धाहरू खाेज्दा राम्राे हुने देख्छु म ।
लेखकः ०५४ सालमा साविक कपन गाविस वडा नं १ का निर्वाचित जनप्रतिनिधि पनि हुन्)
प्रतिक्रिया दिनुहोस्