युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ

११ चैत, काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् ।

महिलालाई हातपात गरेको आरोपमा उनलाई गएराति ठमेलबाट प्रहरीले पक्राउ गरेको हो ।

frontline

दिनेश अधिकारी ‘चरी’निकट बम उपर महिलालाई हातपात गरेको अभियोग लागेको छ ।

बमसँग नजिकको सम्बन्ध रहेको भनिएका गुन्डा चरी भने प्रहरीको इन्काउन्टरमा केही वर्षअघि मारिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here