झापामा वृद्धाको हत्या, युवक पक्राउ

२६ फागुन, झापा । झापाको मेचीनगर नगरपालिका-५ मा एक वृद्धाको हत्या भएको छ । बुधबार साँझ घाँस काट्न गएकी स्थानीय ६८ वर्षकी अम्बिका कुँवरको हत्या भएको हो ।
साँझसम्म घर नआएपछि खोज्न जाँदा उनको श्रीमानले घरदेखि २०० मिटर पर शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।




जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बसन्त पाठकका हत्या आरोपमा मेचीनगर नगरपालिका- ५ का २७ वर्षका रणबहादुर बस्नेत पक्राउ परेका छन् ।
उनीहरुबीच पारिवारिक विवाद रहेको र त्यही विषयलाई लिएर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।
घटनाको अनुसन्धानका लागि प्रहरीले संघीय इकाइ धरानबाट दुईवटा कुकुर ल्याएको थियो ।
कुकुरकै सहयोगमा युवकलाई पक्राउ गरेको डीएसपी पाठकले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्