नापी कार्यालय चन्द्रनिगाहपुरमा लापरबाहीका कारण सेवा ग्राहीले सास्ती खेप्दै
मेवालाल यादव,
९ माघ, रौतहट । सरकारी कर्मचारीको लापरबाहीका कारण सेवा ग्राहीले सास्ती खेप्दै आइरहनु परेको छ ।
नापी कार्यालयका कर्मचारीको संलग्नतामा स्थानीय एक जग्गाधनीको जमीन अर्कोको नाममा कित्ताकाट भएपछि सेवाग्राहीले सास्ती खेपिरहनु परेको हो ।
आफ्नो नामको जमीनबाट अर्कोको नाममा कित्ताकाट भएपछि संशोधनको लागि नापी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिँदासमेत बेवास्ता गरेको गुनासो पीडितको रहेको छ ।
साबिक हथियाई गाविस वडा नम्बर ६ हाल कटहरिया नगरपालिका वडा नम्बर २ निवासी दुर्गा देवी सिंह र कमला देवी सिंहको हथियाई वडा नम्बर ४ (ख) जमुनियास्थित कित्ता नम्बर ७३ को १ कट्ठा ४ धुर जमिन लाई नापी कार्यालयका अमिन धनवीर चौरसिया र तत्कालीन नापी अधिकृत शिव शरण साहको मिलेमतोमा सोही स्थान निवासी रवीन्द्र कुमार साह कलवारको नाममा पूर्व पटी साढे दश धुर जमीन रहे पनि कित्ताकाट गर्ने क्रममा दुर्गादेवी सिंह र कमलादेवी सिंहको जमीनको दक्षिण पूर्वबाट साढे दश धुर जमीनको कित्ताकाट गरिदिएपछि नापिका कर्मचारीको बदमासी बाहिर आएको छ ।
कित्ता नम्बर ७३ कित्ताकाट गरेर ३९५, र ३९६ बनाउने क्रममा नापीका कर्मचारीले बदमासी गरेका कारण सेवाग्राहीले हैरानी खेप्नुपरेको हो ।
प्रतिक्रिया दिनुहोस्