नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि,सरकारविरुद्ध खबरदारी गर्ने

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोलिदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। असोज २३ गते बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले अभियानसम्बन्धी कार्यविधि पारित गरेको थियो।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियानको उद्घाटन गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन्।

frontline

अभियानका क्रममा विभिन्न भेला आयोजना गर्नुका साथै पार्टीको संगठन विस्तार र सुदृढीकरणमा जोड दिइनेछ। सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीसमेत अभियानमार्फत गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here